राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २७ मंसिर, २०८२
२०८२ मंसिर २६, काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ । दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ ।
