राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ७ फाल्गुन, २०८२
२०८२ फागुन ०७, काठमाडौं । ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस नेपाल सरकारले टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।
साे अवसरमा सैनिक मञ्ज टुँडिखेलमा प्रजातन्त्र दिवसकाे अवसरमा विशेष कार्यक्रम गरिएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।
टुँडिखेलमा आयोजित सो समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता लगायत, विशिष्ठ व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।








