बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रतिनिधिसभाबाट पारित।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ असार, २०८०

आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रतिनिधिसभाबाट पारित।

काठमाडौँ।  प्रतिनिधिसभामा  आर्थिक वर्ष ०८०/०८१ को बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो।प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजनको माग गरेपछि मत विभाजनमार्फत बजेट पारित भएको हो । बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ । आजको  बैठकमा २५५ जना सांसद उपस्थित थिए ।

बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए ।एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा मत हालेका थिए ।

निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने भन्ने बजेटको व्यवस्था बाहेक अन्य सबै विषय यथास्थितिमा पारित भएको छ । बजेटका विनियोजनहरु संशोधन नभए बजेट नै पारित हुन नदिने धम्की दिँदै आएका एकीकृत समाजवादी र जसपाले यथास्थितिमै बजेटको पक्षमा उभिए । सरकारलाई समर्थन गरिरहेको जनमत पार्टीले मात्र बजेट संशोधन नभएको भन्दै बजेटको विपक्षमा उभियो ।

ध्वनि मतका आधारमा पारित हुदै आएको बजेट पहिलो पटक मत विभाजन बाट पारित गरिएको हो। 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg