शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

अमेरिका र चीनको भ्रमण पूरा गरेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १३ आश्विन, २०८०

अमेरिका र चीनको भ्रमण पूरा गरेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन बिमानस्थलमा अवतरण गरेका छन । अमेरिका र चीनको १५ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित बिमानस्थलमा अबतरण गरेका हुन । 

अमेरिकाबाट गत शनिवार चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत भर्खरै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 

 स्वदेश फर्कनु भएका प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री, रक्षामन्त्री, पर्यटनमन्त्रीले स्वागत गरेका थिए ।

संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्डले चीनमा त्यहाँका राष्ट्रपति सि जिन पिङ तथा प्रधानमन्त्री, चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधिसहित शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए।

उनको भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषी मन्त्री महेन्द्रराय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसमेत फर्केका छन् । 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg