शुक्रबार, १८ बैशाख, २०८३

अर्थमन्त्री डा‍‍.स्वर्णिम वाग्लेले सम्हाले जिम्मेवारी, १५ ओटा ऐन खारेज गर्ने निर्णयः

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२

अर्थमन्त्री डा‍‍.स्वर्णिम वाग्लेले सम्हाले जिम्मेवारी, १५ ओटा ऐन खारेज गर्ने निर्णयः

२०८२ चैैैत्र १३, काठमाडौं ।  नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पदभार सम्हालेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि मन्‍त्रालय पुगी पदभार सम्हाल्दै उनले तीनओटा निर्णग गरेका छन् । 

जसमा उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका छन् । 

चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने पहिलो निर्णय गरेका छन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्न दोश्रो महत्‍वपूर्ण निर्णय गरेका छन् ।

निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने पनि निर्णय गरेका छन् ।

advertisement_1676998982.gif