शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

अस्वस्थ चुनावी प्रतिस्पर्धामा नउत्रिन ओलीको निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १९ आश्विन, २०८०

अस्वस्थ चुनावी प्रतिस्पर्धामा नउत्रिन ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका हुन् ।

उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टीकाटीप्पणी गर्ने मौका दिन नहुने बताए । पार्टीभित्रको प्रतिस्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए ।

ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्यांकन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिनसक्ने बताए । पार्टीको आन्तरिक चुनावलाई जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निरास हुने अवस्था आउन दिन नहुने उनको जोड थियो ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg