शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० पुष, २०८०

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन। गएको २०७३ जेठमा वरिष्‍ठ अधिवक्‍ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्‍दै प्रधानमंत्रि प्रचण्‍ड विरूद्ध सर्वोच्‍च अदालतमा रिट दर्ता गरेका थिए।

आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । सर्वोच्‍च अदालतले ‘प्रचण्ड’ ले अदालतको अपहेलना गरेको मागदाबी नपुग्‍ने आदेश सुनाएको हो।याे फैसलाकाे पूर्णपाठ आउन बाँकी छ ।

२०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएकाे माओवादी कार्यकर्ताकाे भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg