शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १९ चैत्र, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएका छन् । नेपाली काङ्ग्रेसले सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।

यस्तै कांग्रेसका ३७  सांसदले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत दिएका थिए । राप्रपाको १२ जना प्रदेशसभा सदस्य तथा नेमकिपाका ३ जना गरि १५ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गरेका छ्न् ।

२०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरण बदलिएपछि आज प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका हुन् । 

मुख्यमन्त्री जम्कट्टेलले यसअघि अघिल्लो वर्ष पुस २७ र चैत १० गते विश्वासको मत लिएका थिए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg