राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३ फाल्गुन, २०८०
काठमाडौँ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो।
अदालतले गुरुङलाई २ वर्ष कैद ८० लाख रुपैयाँ जरिवाना सुनाएको छ।