राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १२ असार, २०८०
काठमाडौँ। ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो ।
अहिले उक्त मुद्दालाइ सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेको बताइएको छ ।