राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ८ फाल्गुन, २०८०
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठककेन्द्रीय कार्यालय च्यासलमा जारी छ । बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने तथा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय तथा जनपरिचालन र जनदबाबका एजेन्डाहरु पनि बैठकका कार्यसूचीमा रहेका छन् ।
अहिलेको गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले गठबन्धन सरकारविरुद्ध सडकदेखि सदनसम्म संघर्षका कार्यक्रमसेत यो बैठकबाट अघि सार्ने तयारी गरेको छ ।