राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १३ असार, २०८०
काठमाडौँ। नेकपा एमालेले आर्थिक वर्ष २०८०/८१ को बजेट माथि मत विभाजन माग गरेको छ ।
एमालेका सचेतक महेश बर्तौलाले बजेट अनुमोदन गर्न हुँदैन भन्ने सदस्यको बहुमत रहेको भन्दै मतविभाजन माग गरे अनुसार सभामुख देवराज घिमिरेले मतविभाजन हुने जनाएका थिए ।
एमालेको माग अनुसार मतविभाजनको प्रक्रिया प्रतिनिधिसभा बैठकमा सुरु भएको छ ।