राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ३० फाल्गुन, २०८२
२०८२ फागुन ३०,काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले समावेशी सिद्धान्तका आधारमा विभिन्न क्लस्टरबाट सांसदहरूको चयन गरेको हो।
एमाले सचिव महेश बस्नेतका अनुसार, पार्टीले संविधानको मर्म र समावेशी क्लस्टरलाई ध्यानमा राखेर नामहरू सिफारिस गरेको छ।कुन समूहबाट को परे?सचिवालय बैठकले टुंगो लगाएको नामावलीको संक्षिप्त विवरण यस प्रकार छ।आदिवासी जनजाति (४ जना): भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य।
त्येस्तै खस आर्य (५ जना): पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल र पुष्पराज कंडेल।मधेसी (३ जना): रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल।दलित (२ जना): विष्णुमाया बिके र नीता घतानी।थारु (१ जना): कृपाराम राना।मुस्लिम (१ जना): साजिदा सिद्दीकी।
पार्टीले क्लस्टर अनुसारको सन्तुलन मिलाउँदै योग्य र अनुभवी नेताहरूलाई प्राथमिकता दिएको छ," सचिव बस्नेतले जानकारी दिए।एमालेले यस नामावलीलाई निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।यो निर्णयसँगै एमालेभित्र लामो समयदेखि चल्दै आएको समानुपातिक सांसद छनोटको बहसले निकास पाएको छ।