राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२
२०८२ चैैैत्र १३, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भरखरै बैठक सकिएको हो ।
पहिलो मन्त्रिपरिषद् बैठकमा सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले दिएका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगका सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
आयोगले जेन जेड आन्दोलनका क्रममा भएका घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङसहित उच्च सरकारी अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।