सोमबार, १४ बैशाख, २०८३

जेनजी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो : कांग्रेस

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १२ चैत्र, २०८२

जेनजी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो : कांग्रेस

२०८२ चैैैत्र १२, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो भएको बताएका छन् ।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार स्म्मेलन गर्दै उनले प्रतिवेदनमा भदौै २३ को आन्दोलनबारे प्रकाश पार्न खोजिएको भएतापनि २४ गतेको घटनालाई अलपत्र छाडिएको बताए ।

उनले भने,‘अहिले जेनजी आन्दोलनको विषयमा प्रतिवेदन आएको छ । यसलाई विशेषगरी के भन्छौ भने प्रथम दृष्टिमा अपूर्ण र अधुरो देखियो । पूर्णता पाएको जस्तो देखिएको छैन् । २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएका जस्तो देखियो । यद्यपी त्यो प्रतिवेदन थप गम्भीर अध्ययन गर्छौ । हामीले एउटा धारणा बनाउन कानुनविद ,प्रशासनमा अनुभव भएका, जेनजी आन्दोलनमा सहभागीहरुसँग छलफल गर्नेछौं ।’

त्यस्तै उनले जनादेशबाहेक शासनको स्रोत अरु केही नभएको बताए । पार्टीले हारेपनि प्रणालीले हार्न नहुने उनको भनाई छ ।

advertisement_1676551694.gif