राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ माघ, २०८२
२०८२ माघ २१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापान गएका थिए ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली राजदूतावासका प्रमुख हरिहरकान्त पौडेलका साथै जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव‚ प्रधानमन्त्री सुशीला कार्की‚ गृहमन्त्री ओमप्रकाश अर्याल‚ कानुनमन्त्री अनिलकुमार सिन्हा‚ रक्षामन्त्री बालानन्द शर्मालगायत विशिष्ट व्यक्तित्वले स्वागत गरेका थिए ।






