शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर ,७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ श्रावण, २०८०

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर ,७ दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश।

काठमाडौँ । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।  न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदरको आदेश दिएको हो ।

साथै अदालतले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई गठन ७ दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न  आदेश समेत  दिएको छ ।कोशी प्रदेशका सभामुखले  मुख्यमन्त्री नियुक्त गर्दा दिएको मत  असंवैधानिक भएको भन्दै सर्वोच्चले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

आदेशअनुसार नेपालको संविधानको १६८ (२) बमोजिम अर्को सरकार गठन हुनेछ ।उक्त धाराअनुसार ‘(२) उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।’यदि सात दिनभित्र कुनै पनि दलले बहुमत जुटाउन नसकेको खण्डमा धारा १६८ को ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन हुनेछ । जुनसुकै धारा बात नियुक्ति भए पनि नियुक्ति भएको  तिस दिन भित्र बिस्वासको मत भने अवस्य लिनु पर्नेछ। 
 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg