शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १८ चैत्र, २०८०

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सांसदबाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत बुझाएका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली काँग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शर्माले २० गते मङ्गलवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने  प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माको सचिवालयले जनाएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg