शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३० चैत्र, २०८०

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

काठमाडौं, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन् । 

मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् । 

प्रदेशसभाको शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी र लोसपाका सांसदहरू अनुपस्थित रहेका थिए।

महरालाई चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष शपथ ग्रहण गरेका थिए ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg