राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ६ बैशाख, २०८१
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री महराले बिहीबार थप मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
महाराले एमालेले चार, माओवादीले मुख्यमन्त्री सहित थप दुई, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक ११ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन्।
जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
आजै नव नियुक्त मंत्रीहरूले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त ७ जना मन्त्रीहरुलाई शपथ गराएका हुन् ।