राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ५ चैत्र, २०८०
काठमाडौँ। सुन तस्करी प्रकरणमा मुछिएका माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । उनलाई आज रुपन्देहीबाट नियन्त्रणमा लिइएको बताइएको छ ।
उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको बताइएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएकालाइ पक्राउ गर्न निर्देशन दिएका थिए । उनले प्रहरी उच्च अधिकृतलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।