राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २ श्रावण, २०८०
काठमाडौँ। मिटरव्याज पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले आज काठमाडौँ मा प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।सरकारले ल्याएको मिटरव्याज सम्बन्धी नयाँ बिधेयकप्रति उनीहरुले असन्तुस्टी जनाएका छन् । उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
यस्तै समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।
आइतबार प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी कानुनमा लिखतहरु ऋणी र महाजन दुबै पक्ष गई स्थानीय तहमा दर्ता गर्नुपर्ने भन्ने उल्लेख थियो । ‘तर संशोधन गरेर महाजन एक्लै गएर पनि दर्ता गर्न सक्ने व्यवस्था गरिएकोले उनीहरुले असन्तुस्टी जनाएको बताइएको छ।