सोमबार, १४ बैशाख, २०८३

मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १२ चैत्र, २०८२

मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन

२०८२ चैैैत्र १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्रीको नाम टुंग्याउन छलफलमा लागेका छन् । बिहीबार संघीय संसद सचिवालयमा सांसदहरूको शपथ र रास्वपा पार्टी कार्यालयमा शाहलाई संसदीय नेता चयन गरेपछि दुई जना छलफलमा बसेका हुन् ।

उनीहरूबीच बुढानीलकण्ठस्थित रविको निवासमा छलफल भइरहेको स्रोतले बताएको छ । रास्वपाले मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी गरेको छ।

उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले दुवैलाई मन्त्री बनाउने गरी छलफल पनि चलिरहेको छ । त्यस्तै, महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेल लगायतको नाम चर्चामा छ ।

advertisement_1676551694.gif