शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

मन्त्रिपरिषद्द्द्वारा सरकारी कार्यालयले सामाजिक सञ्जालको प्रयोग गर्ने निर्देशिका स्वीकृत।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ पुष, २०८०

मन्त्रिपरिषद्द्द्वारा  सरकारी कार्यालयले सामाजिक सञ्जालको प्रयोग गर्ने निर्देशिका स्वीकृत।

काठमाडौँ। मन्त्रिपरिषद्ले सरकारी कार्यालयले सामाजिक सञ्जालको प्रयोगलाई रेखदेख गर्ने निर्देशिका २०८० स्वीकृत गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय सार्वजनिक गरेकी हुन् ।

साथै, सामाजिक समितिले प्रस्ताव गरेको राष्ट्रिय बाल नीति २०७९ र अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय नीति २०७९ लाई पनि बैठकले अनुमोदन गरेको छ । यसका साथै सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा २ को दफा (ख) बमोजिम राष्ट्रिय जनगणना २०७८ मा ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका अल्पसंख्यक जाति (दलित बाहेक) लाई अल्पसंख्यकको रूपमा वर्गीकरण गर्ने निर्णय गरेको छ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg