राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १० श्रावण, २०८०
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो आलोचना खासै नभएको भन्दै खुसी व्यक्त गरेका छन्। बैठकको अन्तिम दिन सम्बोधन गर्दै उनले भने, 'सोचे जस्तो आलोचना नभएको बताए।
उनले बैठकलाई मर्यादित बनाएकोमा सबै सदस्यहरूलाई धन्यवाद दिदै उनले बैठकको लाइभ प्रभावकारी भएको समेत बताए। उनले पार्टीभित्र कस्ता कस्ता नेता छन् भन्ने कुरा सबैले बुझ्ने मौका पाएको बताए।
निर्णयमा छुटेका विषयहरू पदाधिकारी बैठकले टुंगो लगाउने जानकारीसमेत सभापति देउवाले जानकारी दिएका थिए।