शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवा भन्छन् : राजतन्त्र फर्किने कुनै सम्भावना छैन।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ मंसिर, २०८०

नेपालि कांग्रेसका सभापति  शेरबहादुर देउवा भन्छन् : राजतन्त्र फर्किने कुनै सम्भावना छैन।

काठमाडौँ। नेपालि कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कसैले भन्दैमा  राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । नेपालि कांग्रेस नवलपरासीको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह अब राजाको रुपमा नआउने दाबी गरे ।

उनले  ‘पूर्वराजा राजाको रुपमा फर्किने सम्भावना अब छैन । मुलुकमा संविधानसभा मार्फत राजालाई हटाउने निर्णय गरेपछि अरु कसैले भन्दैमा वा कराउदैमा राजतन्त्र आउनेवाला छैन ।

अन्य बिषयमा सल्लाह गर्न सकिएपनि , राजतन्त्र फर्किने सम्भावना कुनै पनि अवस्थामा नभएको बताएका छन्। 

बरु सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउन तर्फ लाग्नुपर्ने बताए। 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg