राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १२ चैत्र, २०८२
२०८२ चैैैत्र १२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचनको परिणाम अस्वाभाविक र जादुमयी रहेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन, तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’
प्रतिनिधि सभामा शपथ ग्रहणलगत्तै एमाले सांसदहरूलाई विशेष निर्देशन दिए ।
बिहीबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले राम्रो काम गरेकै कारण आफूहरूविरुद्ध आक्रमण केन्द्रित भएको भन्दै पार्टीमाथि भएका प्रहारहरूको सशक्त प्रतिवाद गर्न सांसदहरूलाई आग्रह गरेका हुन् ।
ओलीले पार्टीको ‘सभ्य शैली’ले त्यस्ता आक्रमणको प्रभावकारी सामना गर्न नसकेको स्वीकार गर्दै अब त्यसमा सुधार आवश्यक रहेको बताए ।