शुक्रबार, १८ बैशाख, २०८३

नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२

नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

२०८२ चैैैत्र १३, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यस लगत्तै मन्त्रीहरुले शपथ लिएका छन् । शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका थिए ।

१०७ बौद्ध लामा गुरुहरूले मंगल वाचनसाथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको छ ।

advertisement_1676553851.gif