राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२
२०८२ चैैैत्र ५, काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ । प्रतिनिधि सभा निर्वाचन पश्चात् सरकार गठन प्रक्रिया अगाडि बढेसँगै शपथको मिति तय गरिएको हो ।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिटमा विजय हासिल गर्दै बहुमत सुनिश्चित गरेको जनाइएको छ । सोही आधारमा पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री पदका लागि उम्मेदवारका रूपमा अघि सारेको बताइएको छ । रास्वपाले उनकै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिरहेको जनाइएको छ ।
आगामी चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण हुने उनले संक्षीप्त प्रतिक्रिया दिएका छन् । संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ । त्यसलगत्तै सरकार गठन हुने बताइएको छ ।