शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

ओलीको प्रस्तावले गठबन्धन बैठक निष्कर्षमा पुग्न सकेन। बाँकी छलफल भोलि हुने।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ पुष, २०८०

ओलीको प्रस्तावले  गठबन्धन बैठक  निष्कर्षमा पुग्न सकेन। बाँकी  छलफल भोलि हुने।

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा आफूहरूलाई समेत सहभागी गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रस्ताव गरेको बताइएको छ ।

केपी ओलीले  प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रियसभा निर्वाचनमा आफूहरूलाई जीरो नबनाउने प्रस्ताव गर्नुभएको  सत्ता गठबन्धनका एक  नेताले बताएका छन्।

उनका अनुसार  ओलीजीले के  माग  गर्नुभएको हो, उहाँहरूको माग थाहा भएपछि भोलिको बैठकमा छलफल हुने उनले   बताएका छन् ।माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेका ९ सिट रिक्त हुँदैछ। एमालेले ठ्याक्कै कति सिटका लागि लबिङ गरेको भन्ने नखुलेको गठबन्धनका नेताहरूले बताएका छन्। 'एमालेले कति सिटका लागि गरेको हो त्यो खुलेको छैन बाँकी सिटमा स्पष्ट भए पनि ९ सिटमा के गर्ने विषयमा टुंगो पुग्न नसकेको बताइएको  छ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg