राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३ चैत्र, २०८२
२०८२ चैैैत्र ३, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन् । राष्ट्रपति पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका हुन् ।
त्यसक्रममा राष्ट्रपति पाैडेलले दिवंगत अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको तस्वीरमा माल्यार्पण गरेका थिए ।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।


