राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२
२०८२ चैत्र १४, बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको गिरफ्तारी विरुद्ध रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको छ । एमाले कार्यकर्ताहरुले मिलनचोकमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
ठूलो संख्यामा शुरक्षाकर्मीहरु परिचालन गरिएको बुटवलमा प्रदर्शनकारीहरु निकै कम देखिएका थिए।शान्तिपूर्ण प्रदर्शनीका क्रममा मिलनचोक हाईवेमा नाराबाजी र कोणसभा गरेका थिए।
प्रदर्शनकारीहरुले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै नारा लगाएका छन् ।
गृहमन्त्रीको राजीनामा नआउँदासम्म प्रदर्शन नरोकिने एमाले रुपन्देही उपसचिव बाबुराम पन्थीले बताए।
युवासंघका केन्द्रीय सदस्य कृष्ण कुमालले अन्यायपूर्ण र गूरकानुनीरुपमा पार्टी अध्यक्ष र कांग्रेस नेतालाई पक्राउ गरिएको भन्दै उनीहरुलाई अबिलम्ब रिहा गर्न माग गरे ।