शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

पूर्वमन्त्री रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै रहने। केहि अभियुक्तलाइ धरौटीमा छाड्न आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ मंसिर, २०८०

पूर्वमन्त्री रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै रहने। केहि अभियुक्तलाइ धरौटीमा छाड्न आदेश

काठमाडौँ। उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राईलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं अदालतको आदेश सदर गरेको हो। त्यस्तै उच्च अदालतले आङटावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै राख्ने यस अघिको काठमाडौं जिल्ला अदालतले गरेको आदेशलाइ सदर गरेको  छ। 

यस प्रकरणमा पुर्पक्षका क्रममा थुनामा रहेका  टेकनाथ रिजाललाई १५ लाख धरौटी, सन्दीप रायमाझीलाई ३० लाख र नरेन्द्र केसीलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको त्यस्तै  हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न उच्च अदालत, पाटनलेआदेश दिएको छ । 

त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको बताइएको छ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg