राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ९ मंसिर, २०८०
काठमाडौँ। पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा ज्ञानेन्द्र शाह झापा पुगेका छन्। उक्त कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ। शुक्रबार अपराह्न झापा पुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बसेको बताइएको छ ।
मेची रिसोर्टबाट निस्कन साथ पूर्व राजा शाहलाई राप्रपा कार्यकर्ता र राजवादी पक्षधरहरूले मोटरसाइकल स्कर्टिङ गरी बिर्तामोडसम्म लैजाने कार्यक्रम रहेको जनाइएको छ। राजवादी पक्षधरको धुलाबारीमा जमघट भइरहेको छ भने राप्रपाका कार्यकर्ता हरु पनि कार्यक्रम सफल बनाउन जोड तोडका साथ लागि परेका छन् । राष्ट्रिय झण्डा बोकेर राजतन्त्रको पक्षमा नाराहरु लगाउदै राजाबादीहरु प्रदर्शनमा उत्रिएका छन्।
पुर्व राजा शाहको कार्यक्रमलाई लक्षित गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार ‘धुलाबारीदेखि बिर्तामोडसम्मको जोड्ने पूर्व–पश्चिम राजमार्गमा कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ। शान्तिपूर्ण कार्यक्रममा कुनै पनि खालको अप्रिय घटना नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।