सोमबार, १४ बैशाख, २०८३

प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ चैत्र, २०८२

प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश

२०८२ चैैैत्र ८, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणाम समेटिएको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको छ । आइतबार आयोगका पदाधिकारीहरू बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्(।

प्रतिवेदन बुझाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्त डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत सहभागी थिए ।

उक्त अवसरमा सरकारका विभिन्न मन्त्रीहरू, विशेष गरी गृह र कानुन क्षेत्रसँग सम्बन्धित मन्त्रीहरूको उपस्थिति रहेको थियो । निर्वाचनसम्बन्धी आधिकारिक प्रतिवेदन सरकारलाई बुझाइएसँगै निर्वाचनपछिको संवैधानिक तथा प्रशासनिक प्रक्रियाले औपचारिकता पाएको आयोगले जनाएको छ ।

advertisement_1676551694.gif