सोमबार, १४ बैशाख, २०८३

प्रदर्शनमा उत्रिएका एमालेका ७ कार्यकर्ता पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

प्रदर्शनमा उत्रिएका एमालेका ७ कार्यकर्ता पक्राउ

२०८२ चैत्र १४, काठमाडौं । सिंहदरबार को दक्षिण गेट क्षेत्रमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै विरोध जनाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सरकारी मुख्य प्रशासनिक केन्द्र अगाडि अनुमति बिना प्रदर्शन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई सोधपुछका लागि हिरासतमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ ।

यसअघि पनि सिंहदरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको अवस्थामा त्यहाँ हुने प्रदर्शनलाई प्रहरीले कडाइका साथ नियन्त्रण गर्दै आएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्नु कानुनविपरीत मानिने भएकाले सुरक्षा सतर्कता बढाइएको बताइएको छ ।

advertisement_1676551537.gif