शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

प्रधानमन्त्री प्रचण्डले लिए विश्‍वासको मत

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० फाल्गुन, २०८०

प्रधानमन्त्री प्रचण्डले लिए विश्‍वासको मत

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज बुधबार  तेस्रो पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् ।

प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये विश्वासको मतको पक्षमा १५७, विपक्षमा ११० सांसदले मतदान गरे । एक सांसद तटस्थ रहे ।

प्रतिनिधि सभाको बैठकमा २६८ सांसदमध्ये प्रधानमन्त्रीले १५७ सांसदको समर्थनसहित विश्वासको मत पाएका थिए भने विपक्षमा  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित ५ विपक्षी दलबाट ११० मत परेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको बताएका छन्। संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै ‘प्रचण्ड’ले  देश र जनताप्रति थप जिम्मेवारीबोध भएको सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताएका छन।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg