राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ४ भाद्र, २०८०
काठमाडौँ। प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय विशेष सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि उनले कार्यभार सम्हाल्ने छन् ।उनीविरुद्ध समितिमा तीन वटा उजुरी परेका थिए ।
उजुरीकर्ताहरुसँग छलफल गरेपछि आज नै श्रेष्ठको सुनुवाइ भएको हो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले बिचौलियाको प्रभाव रहेको अदालतमा त्यसलाई नियन्त्रण गर्नका लागि आफू कठोर भएर लाग्ने प्रतिबद्धता गरेका छन् ।
उनले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् ।