राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १८ श्रावण, २०८०
काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ बसेको बैठकले प्रधानन्यायधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो ।
यहि २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ ।
समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेसंगै अब संसदीय सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।
डोटी जिल्लाको सिलगढीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०३८ चैत्र २७ गते शाखा अधिकृत(अस्थायी)बाट सेवा प्रवेश गरेका हुन् ।