राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ मंसिर, २०८०
काठमाण्डाै । परराष्ट्रमन्त्री एनपी साउद आज कतार प्रस्थान गरेका छन। परराष्ट्रमन्त्री साउद शनिबार बिहान कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात् आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपत्ता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवालयले जनाएको छ ।
मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
मन्त्री साउदले भोलिदेखि कतारमा शुरु हुने दोहा फोरममा सहभागिता जनाउनुकासाथै उच्चस्तरीय भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ । भेटघाट कार्यक्रममा मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको रिहाइका लागि पहल गर्ने उहाँको सचिवालयले जनाएको छ ।