राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १४ आश्विन, २०८०
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष तथा अहिलेका सदस्य सचिव डा. मिलनकुमार थापासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार अनुसंधान आयोगले जनाएको छ।
आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रअनुसार तत्कालीन सदस्यसचिव ढकाल र हालका सदस्यसचिव थापाले मिलोमतोमा १ किलो ४९१.७१८ ग्राम सुनको ठाउँमा चाँदी र तामा मिसाएर हिनामिना गरेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारको आज प्रेस विज्ञप्ति जारी गरि अदालतमा दायर गरेको आरोप पत्रमा भनिएको छ।
आरोप पत्र पढनुहोस्।