बिहीबार, २८ जेष्ठ, २०८३

राप्रपाले गर्यो नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति अभिलेखबाट हटाउन माग

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

राप्रपाले गर्यो नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति अभिलेखबाट हटाउन माग

२०८३ जेष्ठ २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति अभिलेखबाट हटाउन माग गरेको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको भनाइलाई अत्यन्त संवेदनशील विषयसँग जोडिएको उल्लेख गर्दै त्यसका दीर्घकालीन प्रभावबारे चिन्ता व्यक्त गरे ।

उनले भविष्यमा नेपालले अरू देशको भूमि अतिक्रमण गरेको दाबी गरिए त्यसको आधार के हुने भन्ने प्रश्न उठाउँदै सीमा सम्बन्धी विषयमा राज्यले स्पष्ट र जिम्मेवार धारणा प्रस्तुत गर्नुपर्ने बताए ।

शाहीले संसद् केवल नियमित विधायिकी कामकारबाहीका लागि मात्र नभई राष्ट्रिय हितसँग जोडिएका विषयमा छलफल गर्ने सर्वोच्च थलो भएको उल्लेख गरे। उनका अनुसार राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताभन्दा माथि कुनै पनि विषय हुन नसक्ने बताए ।

उनले नेपालको अस्तित्व र राजनीतिक प्रणाली देशकै कारण सम्भव भएको उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा कुनै पनि विषय सहज रूपमा स्वीकार गर्न नसकिने धारणा राखे ।

राप्रपा संसदीय दलका नेताले सीमा सम्बन्धी विवादमा प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफ आवश्यक रहेको बताउँदै उक्त अभिव्यक्ति सामान्य सन्दर्भमा नभई प्रतिनिधिसभाको रोष्ट्रमबाट आएको भएकाले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

advertisement_1680627706.gif