आईतवार, २० बैशाख, २०८३

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही र प्रमुख सचेतकमा खुस्बु ओली चयन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही र प्रमुख सचेतकमा खुस्बु ओली चयन

२०८२ चैैैत्र ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय कार्यसमितिलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई संसदीय दलको नेता र खुस्बु ओलीलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थितिमा बसेको उक्त बैठकले सर्वसम्मतिबाट यी दुई पदको चयन गरेको बताएइको छ । यसअघि पार्टी अध्यक्ष लिङ्देन आफैँ दलको नेता रहे पनि कार्यव्यस्तता वा नयाँ रणनीति अनुसार शाहीलाई यो जिम्मेवारी सुम्पिएको बुझिएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले कुल ५ सिट हासिल गरेको थियो। प्रत्यक्षतर्फ: १ सिट (जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित) तथा समानुपातिकतर्फ: ४ सिट जितेको थियो ।

प्रत्यक्ष निर्वाचन जितेर संसद् छिरेका शाहीले अब सदनमा पार्टीको नेतृत्व गर्नेछन् भने समानुपातिकतर्फबाट सांसद बनेकी ओलीले संसदीय गतिविधि र सचेतकको भूमिका निर्वाह गर्नेछिन् । संसदीय दलको यो नयाँ संरचनाले सदनमा राप्रपाको उपस्थिति र मुद्दाहरूलाई थप प्रभावकारी बनाउने विश्वास पार्टीले लिएको छ ।
 

advertisement_1676553908.gif