राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ फाल्गुन, २०८०
काठमाडौँ।वैशाख १५ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा भने उम्मेदवारी नदिने निर्णय गरेको बताइएको छ ।
आउदो वैशाख १५ मा इलाम २ र बझाङ्गको प्रदेशसभामा हुँदैछ । रास्वपा गत मंसिरमा पनि प्रदेशको निर्वाचनमा सहभागी भएको थिएन ।