राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १२ चैत्र, २०८२
२०८२ चैैैत्र १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछाने को प्रस्तावमा शाह दलको नेतामा चयन भएका हुन् ।
घण्टीघरमा बसेको केन्द्रीय समितिको बैठकले यसअघि नै शाहलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । सोही प्रस्तावका आधारमा संसदीय दलको नेतामा उनको चयन भएको पार्टीले जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले का अनुसार सभापति लामिछानेको प्रस्तावमा कुनै विरोध नआएपछि शाह सर्वसम्मत रूपमा चयन भएका हुन् ।