राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ७ पुष, २०८०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ ।
पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए । उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो ।
रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।
सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए । उनी सूर्यदर्शन सहकारीका बचतकर्ता भएको बताइएको छ ।