राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ११ मंसिर, २०८०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने बताइएको छ ।प्राप्त जानकारी अनुसार आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको बताइएको छ ।
उक्त बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने छ। राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने छ।
बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद त्येस तर्फ प्रस्थान गरिएरहेक छन्। रास्वपाले बिगत केहिदिन देखि मधेश केन्द्रित कार्यक्रम गर्दै आएको छ भने रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमा छन् ।