शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित; अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २९ फाल्गुन, २०८०

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित;  अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

काठमाडौं। राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज मंगलबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन्।

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । आज दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले आजै मंगलबार पदभार ग्रहण पनि गरेका छन् । शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै उनले पदभार ग्रहण गरेका हुन् ।

आज मंगलबार भएको निर्वाचनमा दाहाललाई ५६ जनाले मतदान गरेका थिए, जसमा दाहालको पक्षमा ३९ मत परेको छ । उनको विपक्षमा जम्मा १७ मत खसेको छ । दाहाललाई सत्तारुढ माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले मत दिएका छन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष दाहालले सत्ता पक्ष र प्रतिपक्ष दुवैसँग समन्वय गरेर राष्ट्रिय सभालाई गतिशील बनाउने विश्वास ब्यक्त गरे ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg