बिहीबार, १८ असार, २०८३

राष्ट्रिय सभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ असार, २०८३

राष्ट्रिय सभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

२०८३ असार १७, काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने पत्रमा उल्लेख छ ।

यस्तै, सांसद रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने छन्।

यसैगरी, सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

advertisement_1676553908.gif