सोमबार, १४ बैशाख, २०८३

राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ चैत्र, २०८२

राष्ट्रिय सभामा आगामी अधिवेशन तयारीबारे उच्चस्तरीय छलफल, विभिन्न कार्यसूचीमा समन्वय

२०८२ चैैैत्र ८, काठमाडौं । राष्ट्रिय सभाको आगामी अधिवेशन सञ्चालन तथा व्यवस्थापनका विषयमा तयारी अघि बढाउँदै सभाका अध्यक्षले सरोकारवालासँग छलफल सुरु गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर अधिवेशनसम्बन्धी प्रारम्भिक तयारीबारे विस्तृत छलफल गरिएको हो ।

बैठकमा आगामी अधिवेशनको सञ्चालनका लागि आवश्यक पूर्वतयारीका विषयसँगै रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया, विभिन्न समितिका सभापतिहरूको चयन तथा नवनिर्वाचित सदस्यहरूको समिति विभाजन जस्ता संगठनात्मक विषयहरूमा ध्यान केन्द्रित गरिएको थियो ।

उक्त छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हासहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

बैठकले संसद् सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक समन्वय तथा तयारीलाई अघि बढाउने दिशामा सरोकारवालाबीच साझा समझदारी निर्माण गर्ने प्रयास गरेको छ ।

advertisement_1676998982.gif